बागमती प्रदेशको राजधानी हेटौंडामा आजबाट दुई दिने बृहत साहित्य महोत्सव सुरु भएको छ ।
आँचल साहित्य कला पुञ्जले हेटौंडामा बृहत साहित्य महोत्सव आयोजना गरेको हो ।
हेटौंडा उपमहानगरपालिकाको सहयोगमा आँचलले मकवानपुरमा पहिलो पटक देशभरका साहित्यकारलाई जम्मा गरेर बृहत साहित्यिक महोत्सवको आयोजना गरेको हो ।
दुई दिनसम्म सञ्चालन हुने महोत्सवमा देशका विभिन्न स्थानबाट ६० जना भन्दा बढी साहित्यकार सहभागी भएको जनाइएको छ ।
कार्यक्रम हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीना लामाको प्रमुख आतिथ्यतामा भइरहेको हो।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0