साउदी अरबका राजकुमार तथा विदेशमन्त्री फैसल बिन फरहान अल साउदले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।
परराष्ट्र मन्त्रालयका अनुसार दुई दिने भ्रमणमा रहेका सोमबार श्रीलंकाबाट नेपाल आइपुगेका साउदी राजकुमार फैसलले मंगलबार प्रधानमन्त्री बालुवाटारमा देउवासँग शिष्टाचार भेटवार्ता गरेका हुन् ।
भेटमा आपसी सहकार्य र द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा कुराकानी भएको मन्त्रालयले जनाएको छ । त्यसअघि, परराष्ट्रमन्त्री नारायण खड्का र विदेशमन्त्रीसमेत रहेका फैसलबीच परराष्ट्र मन्त्रालयमा पारस्परिक सहयोग अभिवृद्धि गर्नेसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0