अर्घाखाँचीमा स्थानीय निर्वाचनमा तालमेल गर्ने गठबन्धनका दलहरूबीच सहमति

अर्घाखाँचीमा सत्तारूढ गठबन्धनका दलहरूले तालमेल गरेर जाने सहमति गरेका छन् ।

सत्तारूढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले आगामी ३० वैशाख हुन लागेको स्थानीय निर्वाचनका लागि तालमेल गरेर जाने निर्णय गरेका हुन् ।

कांग्रेस जिल्ला सभापति केशव श्रेष्ठका अनुसार प्रतिगमतविरुद्ध पाँच दल एक भएर जाने सहमति भएको छ । आगामी निर्वाचनमा वडादेखि संघसम्म एकताबद्ध भएर जाने निर्णय भएको उनको भनाइ छ ।

सत्ता गठबन्धनमा रहेका पार्टीहरू नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र जनमोर्चा नेपालका नेताहरूले संविधान, जनहित, लोकतन्त्र रक्षाका लागि स्थानी चुनावलगायतमा सहकार्य गरेर जाने निर्णय भएको बताएका छन् ।



प्रतिगमनलाई पराजय गर्न पाँच दलीय गठबन्धनले महत्वपूर्ण भूमिका खेलेकाले प्रतिगमनविरुद्ध एक हुनुपर्ने उनीहरूको भनाइ छ ।

पाँच दलबीच गठबन्धन गरेर जाने विषयमा सैद्धान्तिक सहमति भइसकेकोले अब संयुक्त उम्मेदवार र नेकपा एमालेबीच स्थानीय चुनावमा प्रतिस्पर्धा हुने देखिएको नेताहरूले बताएका छन् ।



  • प्रकाशित मिति : चैत २, २०७८ बुधबार १४:५८:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया