इंग्लिस प्रिमियर लिगमा टोटेनहम होस्टपुरले सहज जित निकालेको छ । उसले गएराति घरेलु मैलानमा सम्पन्न खेलमा वेस्ट ह्याम युनाइटेडविरुद्ध ३–१ को जित निकालेको हो ।
होस्टपुर स्टेडियममा भएको खेलमा टोटेनहमले नवौं मिनेटमा कुर्ट जोउमाको आत्मघाती गोलबाट अग्रता लियो । २४ औं मिनेटमा सन ह्युङ मिनले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाए ।
३५ औं मिनेटमा सेद बेन्रहामाले गोल गर्दै वेस्ट ह्यामलाई २–१ को स्थितमा ल्याए । ८८ औं मिनेटमा सनले व्यक्तिगत दोस्रो गोल गर्दै टोटेनहमलाई ३–१ को सहज जित दिलाए । सनले दुवै गोल केनले दिएको असिस्टमा गरेका हुन् ।
जितसँगै टोटेनहम २९ खेलमा ५१ अंक जोडेर पाँचौं स्थानमा उक्लिँदा पराजित वेस्ट ह्यम ३० खेलमा ४८ अंकका साथ सातौं स्थानमा छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0