चुनावमा गठबन्धन गर्ने/नगर्नेबारे आधिकारिक धारणा सार्वजनिक गर्दै कांग्रेस

नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा गठबन्धन गरेर जाने कि नजाने भन्ने आधिकारिक धारणा आज सार्वजनिक गर्दैछ । गत शुक्रबारदेखि जारी केन्द्रीय समिति बैठकमा अधिकांशले आफ्नो राय दिइसकेकाले आजको बैठकले गठबन्धनका बारेमा आधिकारिक धारणा सार्वजनिक गर्ने भएको हो ।

प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा गठबन्धनमा पक्षमा छन् । पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेल पनि गठबन्धनका साथ चुनाव जानुपर्ने बताउँदै आएका छन् । 

१४ औँ महाधिवेशनमा सभापतिका प्रत्यासी शेखर कोइराला समूह भने गठबन्धनबिना नै निर्वाचनमा जानुपर्ने पक्षमा छ । पार्टीभित्र दुई धारणा सार्वजनिक भइरहेको बेला कांग्रेसको आजको बैठकले आधिकारिक धारणा दिने प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।  





  • प्रकाशित मिति : चैत १५, २०७८ मंगलबार ८:२६:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया