रुस-युक्रेन युद्धका कारण ३९ लाख युक्रेनी देश छोडेर अन्य देशमा शरणार्थी बनेको राष्ट्रसंघले जनाएको छ ।
राष्ट्रसंघको शरणार्थीसम्बन्धी निकाय युएनएचसिआरका अनुसार देश छोडेका शरणार्थीहरू थकित र निराश महसुस गरेका छन् ।
युनएचसिआरका अनुसार मंगलबारसम्म ३९ लाख युक्रेनीले देश छाडिसकेका छन् । पछिल्ला दिनमा शरणार्थीहरूको दैनिक प्रवाह ४० हजार छ ।
‘निश्चित रूपमा विस्थापनको गति र मापनको हिसाबले यो पलायन युरोपमा दोस्रो विश्वयुद्धपछिकै अप्रत्यासित हो’, युएनएचसिआरका प्रवक्ता म्याथ्यू साल्टमार्सले भने ।
युक्रेनी शरणार्थीहरू बाहेक देशमा बसोबास गर्ने, अध्ययन गर्ने र काम गर्ने करिब दुई लाख गैर-युक्रेनीहरू पनि पलायन भएको राष्ट्रसंघको आप्रवासी अन्तर्राष्ट्रिय संगठनले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0