सत्ता गठबन्धनमा रहेका पाँच दलले आज आसन्न स्थानीय तहको चुनावी तालमेलको मोडालिटीबारे आज टुंगो लगाउने भएका छन् । बैठक दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेकाे हाे ।
सोमबार बसेको गठबन्धन बैठकमा चुनावी तालमेलको मोडालिटीबारे छलफल भएको थियो । तर, सो छलफल निष्कर्ष भने निकाल्न सकेन । आज पुनः चुनावी तालमेलको मोडालिटीबारे छलफल गरिने नेपाली कांग्रेसका नेता तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
सोमबारको बैठकमा आगामी ३० वैशाखमा हुने स्थानीय निर्वाचनमा दलहरूबीचको तालमेल कसरी गर्ने? कुन आधारमा गर्ने? भन्नेबारे छलफल भएको थियो । साथै, शीर्ष नेताहरूको सो बैठकले स्थानीय तह निर्वाचनमा सहकार्य र एक अर्कालाई सहयोग गर्दै अघि बढ्ने निर्णय गरेको थियो ।
गठबन्धनले तालमेलको खाका बनाउन चुनावी संयन्त्रसमेत बनाइसकेको छ । तल्लो तहको सिफारिसको आधारमा जिल्ला, प्रदेश र केन्द्रको समितिले उम्मेदवार टुंगो लगाउने बताइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0