नेकपा एमाले नेतृ तथा पूर्वराष्ट्रियसभा सदस्य कोमल वलीले गठबन्धन गरेर चुनावमा जाने नेपाली कांग्रेसको निर्णयप्रति चिन्ता व्यक्त गरेकी छन् ।
नेकपा माओवादी र एकीकृत समाजवादी पार्टीसँग तालमेल गरेर कांग्रेसले आसन्न स्थानीय चुनावमा प्रतिस्पर्धा गर्ने भएपछि एमाले नेतृ वलीले चिन्ता व्यक्त गरेकी हुन् ।
उनले कांग्रेस नेता प्रकाशमान सिंहले बुबा गणेशमानको इतिहास सकाएको पनि टिप्पणी गरेकी छन् । साथै, नेतृ वलीले रामचन्द्र पौडेल र कृष्ण सिटौलाले आफ्नो क्षेत्रमा जित्नलाई गठबन्धनलाई जोड्दा कांग्रेसलाई धेरै ठूलो घात गरेको पनि उल्लेख गरेकी छन् ।
‘देउवाले गठबन्धनलाई सत्तासँग जोडे । उनका विगतका आलोचकहरू प्रकाशमान सिंहले आफ्नो श्रीमतीलाई मेयर बनाउनेमा जोडे । र, आफ्नो बाको इतिहास सक्काए । रामचन्द्र पौडेल र कृष्ण सिटौलाले आफ्नो क्षेत्रमा जित्नलाई गठबन्धनसित जोडे र कांग्रेसलाई धेरै ठूलो घात गरे,’ वलीले फेसबुकमा लेखेकी छन्, ‘कांग्रेसको जुन इतिहास हो यिनीहरूले कलंकित बनाए । कांग्रेसका लागि यो ठूलो लस हो । कांग्रेसको जुन इतिहास हो यिनीहरूले कलंकित बनाए । यो गठबन्धन कांग्रेसलाई ठूलो लस हो ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0