जिल्ला प्रशासन कार्यालय, मकवानपुरले जिल्लाभित्र रहेका इजाजत प्राप्त हातहतियारहरू चैत मसान्तभित्र अनिवार्य रूपमा बुझाउन आग्रह गरे पनि ४ जनाले मात्र हतियार बुझाएका छन् ।
यही वैशाख ३० गते हुने स्थानीय निर्वाचनलाई भरपर्दो एवं विश्वसनीय बनाउन मकवानपुर प्रशासनले इजाजत प्राप्त हातहतियार नजिकको प्रहरी चौकीमा बुझाउन अनुरोध गरेकोमा ४ जनाले मात्र हतियार बुझाएका हुन् ।
जिल्लामा दर्ता गराएका ४९ थान हातहतियारमध्ये ४ जनाले मात्र हतियार बुझाएकाे जिल्ला प्रशासन कार्यलय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले बताए ।
उनले हतियार नबुझाउनेहरूको विषयमा सुरक्षा समितिको बैठक बसेर आवश्यक निर्णय लिइने पनि बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0