पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेताहरू महानगरपालिका र उपमहानगरपालिकामा उठाउने उम्मेदवारको नाम भोलिसम्म टुंग्याउन सहमत भएका छन् ।
आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन बैठकमा शीर्ष नेताहरूबीच सोमबारभित्र उम्मेदवार टुंग्याउन सहमत भएका हुन् ।
गठबन्धनमा महानगर र उपमहानगरको टुंगो केन्द्रले लगाउने यसअघि नै निर्णय भएको थियो । तर, यो विषयमा सहमति जुट्न सकेको थिएन ।
सत्तागठबन्धनले ३० वैशाखमा हुने स्थानीय चुनावमा ६ महानगर र ११ उपमहानगर भागबन्डा गरी उम्मेदवार उठाउने तयारी गरेका छन् । यद्यपि कहाँ कुन पार्टीको उम्मेदवारले टिकट पाउने भन्नेबारे भने टुंगो लाग्न बाँकी छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0