अभिनेता पल शाहले आफूमाथि बारम्बार बलात्कार आरोप लगाएकी नाबालिग गायिकाले नवलपरासी पूर्वमा पनि बयान फेरेकी छिन् ।
बुधबार नवलपुरको अदालतमा बकपत्रका लागि पुगेकी उनले आफूमाथि पलले करणी नगरेको दाबी गरेकी हुन् ।
यतिमात्र होइन, उनी नवलपुर अदालतमा बकपत्र दिने क्रममा रोएकी पनि थिइन् ।
यसअघि उनले ७ चैत २०७७ मा गैंडाकोटको एक रिसोर्टमा पलले आफूमाथि जबरजस्ती गरेको आरोप लगाउँदै १५ फागुन २०७८ मा जाहेरी दर्ता गरेकी थिइन् ।
केही दिनअघि तनहुँ अदालतमा पनि गायिकाले आफ्नो बयान फेरेकी थिइन् ।
उनले नवलपुरको अदालतमा पल आफ्नो अभिभावक भएको र उनले आफूहरुबीच कुनै नराम्रो सम्बन्ध भएको बताएकी हुन् । आरोपित पल अहिले पुर्पक्षका लागि थुनामा छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0