सत्तारुढ गठबन्धनले जाजरकोटमा आसन्न स्थानीय तह निर्वाचनका लागि भागबण्डा टुंगो लगाएको छ । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको आइतबारबाट सुरु भएको उम्मेदवार मनोनयन दर्ता सोमबारसम्म चल्नेछ ।
उम्मेदवार मनोनयन दर्ता प्रक्रिया सुरु भएसँगै गठबन्धनले चुनावी समीकरण सार्वजानिक गर्दै भागबण्डा टुङ्ग्याएको हो । जसअनुसार छेडागाड नगरपालिकामा नगरप्रमुख नेपाली कांग्रेस र उपमेयर नेकपा माओवादी केन्द्रले पाएको छ ।
नलगाड नगरपालिका प्रमुखमा माओवादी र उप्रमुखमा कांग्रेस, भेरी नगरपालिकोको नगरप्रमुखमा एकीकृत समाजवादी र उपप्रमुखमा कांग्रेस, शिवालय गाउँपालिकामा अध्यक्ष माओवादी र उपाध्यक्षमा कांग्रेस, बारेकोट गाउँपालिकामा अध्यक्ष कांग्रेस र उपाध्यक्षमा माओवादीलाई दिने गठबन्धनले निर्णय गरेको छ ।
कुशे गाउँपालिकामा अध्यक्ष कांग्रेस र उपाध्यक्षमा माओवादी, जुनिचाँदे गाउँपालिका अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेसलाई दिने सहमति भएको माओवादी केन्द्र कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्लले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0