हेटौंडामा भेटियो बर्डफ्लु

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–७, नागस्वतीमा बर्डफ्लु भेटिएको छ । बिहीबार बर्डफ्लु भेटिएपछि गएराति कुखुरा, कुखुराको अण्डा र दाना पनि नष्ट गरिएको छ ।

नागस्वतीको कुखुरा व्यवसायी राजन खड्काको आदर्श कुखुरा पोल्ट्री फर्ममा रहेको लेयर्स प्रजातिको कुखुरामा बर्डफ्लु भेटिएपछि भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, कुखुरा व्यवसायी संघ, जिल्ला प्रशासनको प्रतिनिधि लगायतको उपस्थितीमा कुखुरा नष्ट गरिएको हो ।

९ वैशाखमा बर्डफ्लु शंका लागेपछि पशुसेवा बिभाग काठमाडौं नमुना पठाइएकोमा ७ दिनपछि बिहीबार बर्डफ्लु प्रमाणीकरण भएको रिपोर्ट आएको हो। 





  • प्रकाशित मिति : बैशाख १६, २०७९ शुक्रबार १३:५१:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया