इंग्लिस प्रिमियर लिगअन्तर्गत गए रातिको खेलमा नर्विच सिटी पराजित भएको छ । ऊ घरेलु टोली एस्टन भिल्लासँग २–० ले पराजित भएको हो । यो हारसँगै नर्विच रेलिगेसनमा परेको छ ।
अब उसले आगामी सिजन च्याम्पियनसिप खेल्नेछ । भिल्ला पार्कमा एस्टनलाई जित दिलाउन ओली वाट्किन्स र ड्यानी इन्ग्सले एक–एक गोल गरे ।
खेलको ४१ औं मिनेटमा वाट्किन्सले एस्टनलाई अग्रता दिलाएका थिए । थप गरिएको समयमा इन्ग्सले गोल गरेपछि घरेलु टोलीले २–० को सहज जित निकाल्यो ।
जितसँगै एस्टन ३३ खेलमा ४० अंक जोडेर १३ औं स्थानमा उक्लिँदा पराजित नर्विच ३४ खेलबाट २१ अंकका साथ पुछारमा छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0