काठमाडौं महानगरपालिकाको पछिल्लो मत परिणामअनुसार बालेन शाहले अग्रतालाई बढाउँदै लगेका छन् ।
सार्वजनिक मत परिणामअनुसार बालेन शाह ३५३२ मतका साथ अग्र स्थानमा छन् ।
उनलाई पछ्याइरहेका एमालेका केशव स्थापितले १८५६ मत पाएका छन् । कांग्रेसकी सिर्जना सिंहले १६६८ पाएकी छिन् ।
अहिले काठमाडौं महानगरको मत गणना जारी छ । महानगरको वडा नम्बर १, २, ३, ४, ३१ र ३२ को मत गणना जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0