धनुषा– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले प्रतिपक्षी दल तथा विरोधीहरु वर्तमान सरकारको लोकप्रियता देखेर दुष्प्रचार गर्न लागेको बताएका छन् ।
नेकपाले आज जनकपुरमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा नेता नेपालले यस्ता दुष्प्रचारको पछि नलागी दृढतासाथ सरकारको बचाउ गर्न कार्यकर्तालाई आह्वान गरे । वर्तमान सरकारको लोकप्रियता देख्न नसकेर प्रमुख प्रतिपक्षी दल काङ्ग्रेसमा हतासा र निरासाको प्रवृत्ति बढेको भन्दै उनले दुष्प्रचारबाट बच्न कार्यकर्तालाई आग्रह गरे ।
विरोधीले सरकारको काम देख्न नसकेर सरकारले अधिनायकवाद ल्याउन खोजेको आरोप लगाइरहेको उनले बताए । ‘वर्तमान सरकारको काममा केही कमी–कमजोरी हुनसक्छ, तर सरकारको नियतमा बेइमानी छैन,’ उनले भने । दुई वर्षभित्र पार्टीको राष्ट्रिय महाधिवेशन गर्ने तयारी रहेको उनले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0