नेकपा एमालेका उम्मेदवार केशव स्थापितलाई उछिन्दै नेपाली कांग्रेसकी सिर्जना सिंह काठमाडौं महानगरपालिकामा दोस्रो स्थानमा पुग्न सफल भएकी छन् ।
राष्ट्रियसभा जारी मतगणना १९ हजार १४९ भोट ल्याएर कांग्रेसकी सिर्जना दोस्रो स्थानमा उक्लिएकी हुन् । सिंह दोस्रो स्थापना उक्लिँदा एमालेका स्थापित तेस्रो स्थानमा झर्दै १९ हजार १ सय १३ मतमा सीमित हुन पुगेका छन् । सिर्जनाभन्दा स्थापित ३६ मतले अगाडि छन् ।
पहिलो स्थानमा रहेका बालेन शाह उनीहरूभन्दा धेरै अगाडि छन्, लौरो चुनाव चिन्हसहित स्वतन्त्र उम्मेदवार शाह ३४ हजार ९ सय ४८ मतसहित अग्रस्थानमा छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0