रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी भएका छन् ।
कांग्रेसका सजरुद्दीन मुसलमान ८ हजार २११ मतसहित मेयरमा निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका चन्द्रकेश गुप्ता २ हजार ६१५ मतान्तरले पराजित भए । गुप्ताले ५ हजार ५९६ मत पाए ।
उपमेयरमा एमालेकी कल्पना हरिजन निर्वाचित भएकी छन् । उनी ६ हजार १६९ मतका साथ उपमेयरमा निर्वाचित भएकी हुन् । जनता समाजवादी पार्टीकी सबनम जहाँ शेषले ४ हजार ९०९ मत पाइन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0