निर्वाचन सफलतापूर्वक सम्पन्न भएको भन्दै राष्ट्रपतिद्वारा धन्यवाद ज्ञापन

राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय तह निर्वाचनले लोकतन्त्रलाई जगैदेखि बलियो बनाएको बताएकी छिन् । 

आर्थिक वर्ष २०७९/०८० को वार्षिक नीति तथा कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले लोकतन्त्रको आधार स्तम्भ रहेको स्थानीय तह निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र, शान्तिपूर्ण, स्वच्छ र भयरहित वातावरणमा सम्पन्न भएको बताइन् । 

उनले सरकार र निर्वाचन आयोगलाई धन्यवादसमेत ज्ञापन गरेकी छिन् । 

निर्वाचन सफलतापूर्वक सम्पन्‍न भएको पृष्ठभूमिमा संसद्को दुवै सदनलाई सम्बोधन गर्न पाउँदा उनले खुसीसमेत प्रकट गरेकी छिन् । 



निर्वाचनमा जनताको उत्साहपूर्ण सहभागिता भएको र सबै दल सहभागी भएको भन्दै हुनुलाई सकारात्मक भएको बताइन् । 



  • प्रकाशित मिति : जेठ १०, २०७९ मंगलबार १६:५०:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया