सरकारले आगामी दुई वर्षभित्र भूमिहीनका समस्या समाधान गर्ने भएको छ ।
मंगलबार आर्थिक वर्ष २०७९/०८० को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै
राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी दुई वर्षभित्र भूमिहीन, सुकुम्बासी एवं अव्यवस्थित बसोबासको समस्या समाधान गर्ने बताइन् ।
उनले पुनःस्थापना हुन बाँकी मुक्त कमैया हलिया र कमलरी तथा मुक्त घोषणा हुन बाँकी हरुवा चरुवाका लागि तीनै तहको समन्वयमा उत्पादन, रोजगारी र क्षमता विकासका कार्यक्रम सञ्चालन गरिने पनि बताइन् ।
नदी, किनाराका विपन्नका लागि लक्षित कार्यक्रम ल्याइने सरकारको नीति तथा कार्यक्रममा जनाइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0