सरकारले नयाँ राष्ट्रिय कृषि नीति तयार गर्ने भएको छ । कृषिलाई व्यवसायीकरण, यान्त्रिकीकरण, जलवायु अनुकूलन खेती प्रणालीको विकाससँगै प्रविधिको प्रवर्द्धन गर्नेगरीको कृषि नीति सरकारले बनाउने भएको हो ।
आर्थिक वर्ष २०७९/०८० को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले कृषिमा आधारित रोजगारी सिर्जना गर्दै आर्थिक वृद्धिदर उकास्न नयाँ राष्ट्रिय कृषि नीति आवश्यक भएकोमा जोड दिइन् ।
उनले हिमाली तथा उच्च पहाडी जिल्लामा सञ्चालित जिविकोपार्जन कार्यक्रमलाई मानव विकास सूचाङ्क कम भएका जिल्लामा विस्तार गर्ने नीति पनि सरकारले लिने उल्लेख गरेकी छिन् ।
पर्यटन, उद्योग, वन वातावरणसँगै भू–उपयोग नीति तयार गर्दा कृषि तथा वन क्षेत्रबाट हुने उत्पादन र उत्पादकत्व वृद्धि हुने गरी सामन्जस्यता कायम गरिने पनि बताएकी छिन् ।
यस्तै, अर्गानिक खेती प्रणालीलाई प्रोत्साहन गरिने उनको भनाइ छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0