हेटौंडामा चलचित्र क्षेत्रमा क्रियाशील कलाकर्मी र पत्रकारलाई सम्मान तथा पुरस्कार वितरण गरिएको छ । चलचित्र पत्रकारिता दिवसको अवसरमा प्रत्येक वर्ष प्रदान गर्दै आइरहेको चलचित्र पत्रकार संघ नेपाल, मकवानपुर शाखाले चार जना पत्रकार र तीन जना चलचित्रकर्मीलाई सम्मान तथा पुरस्कृत गरेको हो ।
बागमती प्रदेश सरकारका संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यतामा उक्त पुरस्कार तथा सम्मान वितरण गरिएको थियो ।
संघले राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०७७ बाट विदुर गिरी, चलचित्र पत्रकारिता पुरस्कार २०७७ राममणि दाहाल र चलचित्र कलाकर्मी सम्मान २०७७ बाट प्रेम भोम्जन(पुष्कर लामा)लाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।
गिरीलाई १० हजार र दाहाललाई पाँच हजार नगद राशिसहित पुरस्कृत गरिएको हो । कोभिडका कारण उक्त पुरस्कारहरू प्रदान गरिएको थिएन ।
त्यस्तै, चलचित्र पत्रकारिता पुरस्कार २०७८बाट दीपक अधिकारीलाई पुरस्कृत गरिएको छ ।
चलचित्र कलाकर्मी सम्मान २०७८ बाट अभिनेता राज कटुवाललाई सम्मान गरिएको छ । चलचित्र पत्रकारिता पुरस्कार २०७९ बाट भने दीपज्योति थापा र चलचित्र कलाकर्मी सम्मान २०७९ बाट चलचित्र लेखक तथा निर्देशक शिवम् अधिकारीलाई सम्मान गरिएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0