पछिल्लो समय साउथ फिल्म उद्योग तीव्र गतिमा अगाडि बढिरहेको छ । दक्षिण भारतीय चलचित्र अहिले स्वदेशमा मात्र होइन विदेशमा पनि त्यत्तिकै चर्चा छन् । साउथ फिल्मका अभिनेत्रीहरूको लोकप्रियता पनि तीव्र गतिमा बढिरहेको छ । उनीहरूको पारिश्रमिक पनि त्यही गतिमा बढिरहेको छ ।
दक्षिण भारतीय चलचित्रमा कुन अभिनेत्रीको पारिश्रमिक कति?
नयनतारा
नयनतारा साउथ फिल्मकी सबैभन्दा धेरै पारिश्रमिक लिने नायिका हुन् । उनले एउटा फिल्मका लागि १० करोड रुपैयाँसम्म पारिश्रमिक लिन्छिन् । भारतीय सञ्चारमाध्यमका अनुसार उनले फिल्म ‘जयम रवि’का लागि १० करोड पारिश्रमिक लिएका थिए । अहिले नयनतारा विग्नेशसँग विवाहको चर्चामा छिन् । अभिनेत्रीको कुल सम्पत्ति १६५ करोड रुपैयाँ छ ।
सामन्था
सामन्था रुथ प्रभु साउथकी सबैभन्दा सुन्दर र उत्कृष्ट अभिनेत्रीमा पर्छिन् । उनले एउटा फिल्मका लागि ३ देखि ५ करोड भारु लिन्छिन् । सामन्थाको कुल सम्पत्ति ८० करोड छ ।
रकुल प्रीत
रकुल प्रीत सिंहले बलिउडसँगै साउथ सिनेमामा पनि आफ्नो नाम बनाएकी छन् । रकुल ‘दे दे प्यार दे,’ ‘यारियाँ,’ ‘रनवे ३४’ जस्ता धेरै फिल्ममा देखिएकी छिन् । पारिश्रमिकको कुरा गर्दा रकुलले एउटा फिल्मका लागि ३.५ करोड भारु लिन्छिन् । उनको कुल सम्पत्ति ४५ करोड भारु छ ।
पूजा हेगडे
तेलुगु र तमिल फिल्मका अलावा पूजा हेगडे बलिउड फिल्ममा पनि देखिने गर्छिन् । सञ्चारमाध्यमका अनुसार पूजाले एउटा फिल्मका लागि ३ देखि ५ करोड भारु लिन्छिन् । पूजाको नेटवर्थ ५१ करोड छ ।
अनुष्का शेट्टी
अनुष्का पनि दक्षिण भारतीय चलचित्रकी चर्चित नायिका हुन् । उनले ‘भागमती,’ ‘साइज जिरो’ जस्ता उत्कृष्ट फिल्म गरेर इन्डस्ट्रीमा आफ्नो पहिचान बनाएकी छिन् । उनले एउटा फिल्मका लागि ४ करोडसम्म पारिश्रमिक लिन्छिन् । अनुष्काको कुल सम्पत्ति १४० करोड भारु छ ।
तमन्ना भाटिया
तमन्ना भाटिया साउथसँगै बलिउडकी चर्चित नाम हुन् । उनको फ्यान फलोइङ पनि ठूलो छ । तमन्ना सामाजिक सञ्जालमा पनि निकै सक्रिय छिन् । पारिश्रमिकको कुरा गर्दा बाहुबली फेम तमन्नाले एउटा फिल्मका लागि ३ करोड पारिश्रमिक लिन्छिन् । तमन्ना ११० करोडको मालिक हुन् ।
रश्मिका मण्डना
‘नेशनल क्रस’ रश्मिका बलिउडमा पनि प्रवेश गरिसकेकी छिन् । उनले ‘मिशन मजनु’ फिल्मबाट हिन्दी फिल्ममा डेब्यु गरेकी हुन् । रश्मिकाले एउटा फिल्मका लागि ३ करोडसम्म पारिश्रमिक लिन्छिन् । उनको कुल सम्पत्ति ४५ करोड छ ।
काजल अग्रवाल
साउथसँगै बलिउडमा पनि आफ्नो छाप छोडेकी काजल मगधीराले ‘सिङ्घम’ जस्ता धेरै फिल्ममा आफ्नो अभिनयको छाप छोडिसकेकी छिन् । अहिले मातृत्वको आनन्द लिइरहेकी उनले एक फिल्मका लागि २ करोड भारु पारिश्रमिक लिन्छिन् । काजलको कुल सम्पत्ति ८३ करोड रुपैयाँ छ ।
श्रुति हासन
श्रुति हासनको क्यूटनेस र सौन्दर्यका समर्थक पागल छन् । उनले एक फिल्मको लागि २ करोड रुपैयाँसम्म पारिश्रमिक लिन्छिन् । ‘रामैया वस्तावैया,’ ‘येभाडु,’ ‘थ्री’ उनका उत्कृष्ट चलचित्रमध्ये एक हुन् । भारतीय सञ्चारमाध्यमका अनुसार श्रुति ६० करोडको मालिक हुन् ।
कीर्ति सुरेश
साउथ फिल्म उद्योगकी उत्कृष्ट अभिनेत्री मध्येकी एक कीर्ति सुरेश ‘महानती,’ ‘रंग दे,’ ‘मिस इन्डिया’ जस्ता धेरै उत्कृष्ट फिल्ममा देखा परेकी छन् । कीर्तिको फ्यान फलोइङ पनि निकै राम्रो छ । अर्कोतर्फ पारिश्रमिकको कुरा गर्दा उनले एक फिल्मका लागि २ करोडसम्म लिन्छिन् । कीर्तिको कुल सम्पत्ति १८ करोड भारु छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0