युवा कवि जनक रसिक ‘प्रदेश युवा प्रतिभा सम्मान तथा पुरस्कार’बाट सम्मानित भएका छन् । उनलाई बुधबार धनगढीमा एक कार्यक्रमकाबीच सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैकाले दोसल्ला ओढाएर प्रमाणपत्र हस्तान्तरण प्रदान गरे ।
प्रदेश युवा परिषद्ले प्रत्येक वर्ष समाजका विभिन्न क्षेत्रमा काम गर्ने उत्कृष्ट युवाहरूलाई सम्मान गर्दै आएको छ । जसअनुरूप वर्ष २०७८ को प्रदेश प्रतिभा सम्मान कवि रसिकसहित विभिन्न क्षेत्रका ९ जना युवालाई सम्मान गरेको हो । सम्मान ग्रहणपछि रसिकले आफूमा थप उत्साह थपिएको प्रतिक्रिया दिए ।
‘जीवन/समाजका लागि मेरा केही आफ्नै योजना छन् । ती आम प्रचलनभन्दा नितान्त पृथक छन्, यस्ता अवसरहरूले मलाई आफ्ना योजनामा अघि बढ्न ऊर्जा त दिन्छ नै, ‘म सक्छु’ भन्ने अठोट पनि पैदा गराउँछ,’ उनले फेसबुकमा लेखेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0