पूर्वमन्त्री एवं एमाले नेता कृपासुर शेर्पा सवार जिप दुर्घटनामा परेको छ ।
सिन्धुलीको कमलामाई नगरपालिका–१४ मा बा २ च ९००३ नम्बर जिप दुर्घटना हुँदा शेर्पासहित चार जना घाइते भएका छन् ।
दुर्घटनामा उनीसहित आदिवासी जनजाति महासंघका महासचिव पेम्बा गुरुङ, केन्द्रीय उपमहासचिव देवराज राई र गणेश थापा घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी विमलराज कँडेलले जानकारी दिए ।
उनीहरूलाई प्राथमिक उपचारपछि थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको छ । उनीहरू आदिवासी जनजाति महासंघ प्रदेश- १ को बैठकमा जाँदै गर्दा जिप दुर्घटनामा परेको हो । तीव्र गतिका कारण जिप दुर्घटना भएको बताइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0