१० दिनमा ५ न्यायाधीश बर्खास्तका लागि सिफारिस गरिएको छ । न्यायपरिषद्ले सोमबार थप दुई न्यायाधीशलाई बर्खास्तको लागि सिफारिस गरेको हो ।
अब प्रधानन्यायाधीशबाट निर्णय कार्यान्वयन हुने परिषदले जनाएको छ । पछिल्लो समय न्यायाधीशमाथि छानबिन र कारबाहीलाई तीव्रतासाथ अघि बढाएको परिषद्ले दस दिनयता पाँच न्यायाधीश बर्खास्त गरेको हो । उजुरी र परिषद्को निगरानीमा छानबिनपछि न्यायाधीश पदमुक्त भएका हुन् ।
सोमबार परिषद्ले उच्च अदालत दिपायलको महेन्द्रनगर इजलासमा कार्यरत राकेशकुमार निधि र जिल्ला अदालत काठमाडौंमा कार्यरत अनिलकुमार शर्मालाई बर्खास्त गरेको हो । खराब आचरण, कार्यक्षमता अभावमा प्राप्त उजुरी छानबिनपछि बर्खास्तको निर्णय भएको न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले बताए ।
निधिविरुद्ध उच्च अदालत राजविराजमा रहँदा आर्थिक चलखेलमा मुद्दा छिनेको उजुरी थियो भने शर्मामाथि पनि जिल्ला अदालत सिरहामा रहँदा मुद्दा फैसला गर्दा चलखेल गरेको आरोप लागेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0