भारतीय राष्ट्रपतिमा निर्वाचित भएकी द्रौपदी मुर्मूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बधाई तथा शुभकामना दिएकी छन् ।
बिहीबार ट्विटरमार्फत बधाई ज्ञापन गर्दै उनले द्रौपदीको कार्यकालमा दुई देशबीचको सहकार्यले नयाँ उचाइ प्राप्त गर्ने विश्वास व्यक्त गरेकी छन् ।
‘मित्रराष्ट्र गणतन्त्र भारतका पन्ध्रौँ राष्ट्रपति निर्वाचित हुनुभएकोमा महामहिम द्रौपदी मुर्मूज्यूलाई म हार्दिक बधाई तथा शुभकामना ज्ञापन गर्न चाहन्छु,’ राष्ट्रपतिको ट्विटरमा भनिएको छ, ‘यहाँको कार्यकालमा हाम्रा दुई देशबीचको सहकार्यले नयाँ उचाइ प्राप्त गर्नेमा म पूर्ण विश्वास व्यक्त गर्दछु ।’
सत्तारुढ एनडिए गठबन्धनबाट उम्मेदवार रहेकी मुर्मू विपक्षी उम्मेदवार यशवन्त सिन्हालाई भारी मतान्तरले पराजित गर्दै राष्ट्रपतिमा निर्वाचित भएकी हुन् ।
मित्रराष्ट्र गणतन्त्र भारतका पन्ध्रौँ राष्ट्रपति निर्वाचित हुनुभएकोमा महामहिम द्रौपदी मुर्मूज्यूलाई म हार्दिक बधाई तथा शुभकामना ज्ञापन गर्न चाहन्छु । यहाँको कार्यकालमा हाम्रा दुई देश बिचको सहकार्यले नयाँ उचाई प्राप्त गर्नेमा म पूर्ण विश्वास व्यक्त गर्दछु ।
— Bidya Devi Bhandari (@PresidentofNP) July 21, 2022
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0