प्रदेश १ को नामकरण हुँदा गोप्य मतदानको व्यवस्था गर्न सांसदले माग गरेका छन् । आइतबार बसेको प्रदेशसभा बैठकमा नेकपा (एमाले) का सांसद सर्वध्वज साँवाले गोप्य मतदानको माग गरेका हुन् ।
प्रदेशसभा बैठकको शून्य समयमा बोल्दै उनले प्रदेश नामकरणका विषयमा पार्टीले र जनताले फरकफरक डण्डा चलाउने भन्दै ज्यान बचाउनै गाह्रो हुने भएकाले गोप्य मतदानको व्यवस्था गर्न माग गरे ।
‘हामीलाई बलीको बोका बनाउन खोजियो । गुहार, गुहार, गुहार, । हामी खतरामा छौं, हामीलाई बचाउनुस्’ उनले भने, ‘कोसी राख्न पार्टीले डण्डा चलाउने अनि जनताले पहिचान नराखे देखाइदिने भनिरहेका छन् र हामी घेराबन्दीमा परेका परेका छौं ।’
उनले आफूहरू पार्टी र जनताको दोहोरो घेराबन्दीमा परेको गुनासो गरे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0