भारतमा फेरि कोरोनाको संक्रमितको संख्या बढ्न थालेको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा त्यहाँ २० हजारभन्दा धेरैमा कोरोना पुष्टि भएको छ ।
यसअघि लगातार तीन दिनसम्म कोरोना सङ्क्रमितको संख्या २० हजारभन्दा कम रहेको थियो । अहिलेसम्म भारतमा कोरोना सङ्क्रमितको संख्या ४ करोड ३९ लाख ५९ हजार ३ सय २१ पुगेको छ।
देशभर १ लाख ४६ हजार ३ सय २३ सक्रिय संक्रमित छन् । कोरोना संक्रमणमुक्त हुनेको सङ्ख्या अहिलेसम्म ४ करोड ३२ लाख ८६ हजार ७ सय ८७ पुगेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0