अफगानिस्तान र इरानको सीमामा दुई देशका सुरक्षाकर्मीबीच भिडन्त भएको छ । अफगानिस्तानको निमरोज प्रान्त र इरानको हिरमान्डमा पर्ने सीमा क्षेत्रमा आइतबार भएको लडाइँमा आफ्ना एक सैनिक मारिएको काबुलले जनाएको छ ।
झडपका लागि एक देशले अर्को देशलाई दोष दिएका छन् । एक वर्षअघि तालिबानले सत्ता कब्जा गरेपछि इरानसँगको सीमा क्षेत्रमा बारम्बार झडप हुने गरेको छ ।
पछिल्लो झडपको वास्तविक अवस्था स्पष्ट छैन । निमरोजका प्रहरी प्रवक्ता बहराम हकमलले भने, ‘हाम्रोतर्फ एक जनाको मृत्यु हुनुका साथै अर्का एक जना घाइते भएका छन् ।’
इरानतर्फ कुनै मानवीय क्षति नभएको प्राप्त विवरणमा जनाइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0