प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विराटनगरस्थित ट्रायल सेन्टरको उद्घाटन गरेका छन् । सोमबार मुख्यमन्त्री राईले विरानगरबाटै सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) वितरण गर्नेगरी सञ्चालनमा ल्याइएको ट्रायल सेन्टरको उद्घाटन गरेका हुन् ।
सो अवसरमा मुख्यमन्त्री राईले प्रदेश राजधानी विराटनगरमा सर्वसाधारणको सहजताका लागि उक्त सेवा सञ्चालनमा ल्याइएको बताए । यसअघि प्रदेश १ मा सुनसरीको इटहरी, झापाको विर्तामोड, इलाम, धनकुटा र उदयपुरबाट मात्र सवारी चालक अनुमति पत्र वितरण हुँदै आएको थियो ।
यो सुविधा विस्तार भएसँगे यातायात व्यवस्था कार्यालयहरुमा लाग्ने सेवाग्राहीको भीडभाड कम हुने विश्वास गरिएको छ ।
विराटनगरबाटै लाइसेन्स वितरणका लागि बुधबार देखि नै अनलाइन फाराम खुला गरिएको यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्र घिमिरेले जानकारी दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0