संघीयता खारेजीको माग गर्दै राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले बुधबार जनकपुरधाममा विरोध प्रदर्शन गरेको छ ।
नागरिकता विधेयक, एमसिसी र संघीयता खारेजीलगायत माग राख्दै राप्रपा निकट युवा संगठनले विरोध प्रदर्शन गरेको हो ।
यसअघि प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको २२ बुँदे माग लागू नभएको र त्यसकै लागि पुनः सडकमा उत्रनुपरेको संगठनका युवा नेता मुन्नु झाले जानकारी दिए ।
प्रदर्शनका सहभागीले ‘हिन्दू राष्ट्र कायम गर, राजसंस्था कायम गर, मलखाद उपलब्ध गर, महँगी नियन्त्रण गर’जस्ता नारा लगाउँदै नगरको विभिन्न भागको परिक्रमा गरेका थिए ।
प्रदर्शनमा सहभागीहरूले हिन्दू राज्य कायम हुनुपर्ने, राजसंस्था पुर्नवहाली गर्नुपर्ने, महँगी, अपराध र भ्रष्टाचार नियन्त्रण हुनुपर्ने माग गरे ।
राप्रपाले यसअघि असार १ गते महँगी नियन्त्रण, किसानलाई समयमै मल, राष्ट्रियताको संरक्षण, संघीयता खारेजीलगायत माग राखेर प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाएको थियो ।
ज्ञापनपत्रको बेवास्ता गरेको भन्दै रापप्राले असार १७ गते देशैभरि राँके जुलुससमेत गरेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0