पहिरोले पुरिँदा धनकुटाको महालक्ष्मी नगरपालिका–२ मा दुईजना घाइते भएका छन् । आज बिहान पहिरोले महालक्ष्मी–२ को लाफ्टाङमा दुई घर पर्दा दुईजना घाइते भएका हुन् ।
प्रहरीका अनुसार पहिरोले स्थानीय तिलकबहादुर कटुवाल र कोषमाया बुढाथोकीको घर भत्किएको हो । पहिरोले कटुवालको घर पुर्दा घर पुर्दा, ८४ वर्षीय कटुवाल र उनकी छोरी अन्दाजी ४५ वर्षकी मित्रमाया कटुवाल दुवै जनाको दुवै हात भाँचिएको जिल्ला प्रहरी प्रवत्ता डिएसपी चिरञ्जीवी दाहालले जानकारी दिए ।
उनका अनुसार घाइते दुवै जनाको सुनसरी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0