प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री देउवाले शनिबार साँझ शीतल निवास पुगेर राष्ट्रपति भण्डारीलाई भेटेका हुन् ।
प्रधानमन्त्री देउवा र राष्ट्रपति भण्डारीबीच शनिबार साँझ भेटवार्ता भएको राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालले बताए ।
दुई साताअघि नै संसद्बाट पारित भएको विधेयक राष्ट्रपति भण्डारीले प्रमाणीकरण गरेकी छैनन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित राजनीतिक दल र नागरिक समूहहरूले भने सो विधेयक फिर्ता पठाउन माग गर्दै आएका छन् ।
भेटमा प्रधानमन्त्री देउवा र राष्ट्रपति भण्डारीबीच नागरिकता विधेयक, आगामी निर्वाचन तयारीलगायत विषयमा छलफल भएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0