राष्ट्रपति विद्यादेवी भण्डारी पोखरा आएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । विन्ध्यवासिनी माविको हिरक जयन्ती समारोह तथा नवनिर्मित भवनको उद्घाटन तथा गुरुङ समुदायको पर्व ट्होटेको सहभागी हुन राष्ट्रपति भण्डारी पोखरा आएपछि सुरक्षा व्यवस्था कडा पारिएको हो ।
मंगलबारको कार्यक्रममा सहभागी हुन लागि राष्ट्रपति भण्डारी सोमवार नै पोखरा पुगेकी थिइन् । सोमवार दिनभर भेटघाटमा व्यस्त राष्ट्रपतिले अन्नपूर्ण केबलकारको निरीक्षणसमेत गरेकी थिइन् ।
नागरिकता विद्येयक संघीय संसदमा फिर्ता गरेपछि उत्पन्न सुरक्षा अवस्थालाई ध्यानमा राख्दै राष्ट्रपति भण्डारीको सुरक्षा थप कडा गरिएको सुरक्षा स्रोतले जनाएको छ ।
राष्ट्रपति भण्डारीले हालै संघीय संसदले पारित गरेको नागरिकता विद्येयक सदनमा नै फिर्ता गरिदिए पछि विभाजित प्रतिक्रिया आइरहेका छन् भने फिर्ता पठाएको सो पत्रको सन्देश पढेर प्रतिनिधिसभा बैठकमा सुनाउने सम्भावित कार्यसूची छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0