साउदी अरेबियाले आर्थिक संकटको सामना गरिरहेको पाकिस्तानमा १ अर्ब अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको छ ।
साउदी अरबको विदेश मन्त्रालयले ट्विटरमार्फत यो घोषणा गरेको हो । साउदीका राजा सलमानको निर्देशनअनुसार उक्त लगानीको घोषणा गरिएको साउदी विदेश मन्त्रालयले जनाएको छ ।
पाकिस्तानको खस्कँदो आर्थिक अवस्थामा सुधार ल्याउन उक्त लगानी गर्न लागिएको साउदी विदेश मन्त्रालयले ट्विटरमा उल्लेख गरेको छ ।
यससम्बन्धी जानकारी बिहीबार नै पाकिस्तानका विदेशमन्त्रीलाई दिएइएको बताइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0