कर्णाली प्रदेशमा मन्त्री फेरिने तयारी गरिएको छ ।
आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्ट र जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहलाई फिर्ता बोलाउने तयारी छ । यी दुवै मन्त्री नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) तर्फका हुन् ।
कर्णालीको हालको मन्त्रीपरिषद् समावेशी नभएपछि यी दुई मन्त्रीलाई फिर्ता बोलाई सांसदद्वय कृष्णा शाह र रातो कामीलाई सिफारिस गर्ने माओवादी केन्द्रको तयारी सुरु गरेको हो ।
यसअघि सुर्खेतको उच्च अदालतले मन्त्रीपरिषद् समावेशी बनाउन कर्णाली प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई आदेश दिएको थियो ।
माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दहाल प्रचण्डबाटै मन्त्री फेरबदल गर्न निर्देशन आएको पार्टीका केन्द्रिय सदस्य नरेश भण्डारीले फरकधारलाई जानकारी दिए ।
कर्णालीमा नेपाली कांग्रेस, नेकपा माओवादी र नेपाल एकिकृत समाजवादीको गठवन्धनमा सरकार छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0