यौन दुर्व्यवहारकाे आरोपमा विराटनगरबाट प्रहरीले गैर सरकारी संस्था महासंघ मोरङका अध्यक्ष राजेन्द्र ढकाललाई नियन्त्रणमा लिएको छ ।
विराटनगर–१२ का ५५ वर्षीय ढकाललाई मोरङ प्रहरीले बुधबार नियन्त्रणमा लिएको हो । सोही ठाउँका १३ वर्षीय एक बालकलाई अप्राकृतिक यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ढकाललाई नियन्त्रणमा लिएको हो ।
पीडित बालकको परिवारले दिएको उजुरीका आधारमा ढकाललाई नियन्त्रणमा लिएको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिए ।
‘कुन संस्थामा आवद्ध वा काम गर्ने हो हामीलाई थाहा भएन । नाबालकमाथि यौन दुर्व्यवहारकाे आरोप छ,’ उनले भने, ‘उजुरीका आधारमा सोधपुछका लागि नियन्त्रणमा लिएका हौँ । के हो भन्ने विषयमा हामी अनुसन्धान गर्दैछौँ ।’
ढकालले बारम्बार ती बालकलाई घरमा बोलाएर अप्राकृतिक यौन दुर्व्यवहार गर्ने गरेको पिडित बालकका परिवारको आरोप छ । ढकालले बालकलाई पछिल्लो पटक गत १३ भदौमा दुर्व्यवहार गरेको बताइएको छ ।
ढकाल एजुकेसन हेल्पलाईन विराटनगरका अध्यक्ष समेत हुन् । उनी नेपाली कांग्रेसको स्थानीय नेतासमेत रहेको बताइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0