नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ पुनः प्रदेश सांसदको उम्मेदवारमा सिफारिस भएका छन् । उनको नाम लमजुङ प्रदेश ‘ख’ बाट सिफारिस भएको हो ।
गुरुङ यसअघि पनि सोही क्षेत्रबाट प्रदेश सभा सदस्य निर्वाचनमा विजयी भई गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री बनेका थिए।
नेकपा एमाले लमजुङको शनिबार बेँसीसहरमा बसेको ५औँ पूर्ण बैठकले २५ जना उम्मेदवारको नाम सर्वसम्मत सिफारिस गरेको हो।
गुरुङसँगै प्रत्यक्षतर्फ नै जिल्ला अध्यक्ष कृष्णप्रसाद अधिकारीको नाम पनि सिफारिस भएको छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0