बेलायतकी महारानी एलिजाबेथ द्वितीयको स्वास्थ्य अवस्था गम्भीर भएको छ । ९६ वर्षीया महारानी स्कटल्यान्डको बालमोरल दरबारमा चिकित्सकको निगरानीमा रहेकी छन् ।
चिकित्सकहरूले उनको स्वास्थ्य अवस्थाबारेमा थप चासो व्यक्त गरेपछि उनलाई दरबारमा राखिएको बकिङ्घम प्यालेसले बिहीबार जनाएको छ।
एलिजाबेथको पछिल्लो समय बालमोरल दरबारमा अधिकांश समय बित्ने गरेको बिबिसीले जनाएको छ । आज बिहान थप परीक्षणपछि उनलाई मेडिकल सुपरीवेक्षणमा रहन सिफारिस गरिएको बकिंघम प्यालेसले विज्ञप्तिमार्फत उल्लेख गरेको छ ।
राजपरिवारका सदस्यहरु महारानीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन दरबार पुग्ने क्रम जारी रहेको बिबिसीले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0