राप्रपाबाट बागमती प्रदेशको सांसद रहेकी रिता माझीले पार्टी परित्याग गरेको घोषणा गरेकी छन् । आज एक विज्ञप्ति जारी गर्दै उनले राप्रपाको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको घोषणा गरेकी हुन् ।
राप्रपाको निर्वाचित केन्द्रीय सदस्यसमेत रहेकी माझी गत निर्वाचनमा राप्रपाबाट रामेछापबाट बागमती प्रदेशसभा सदस्य भएकी थिइन् ।
पार्टीले सही नेतृत्व नपाएको बताउँदै उनले पूर्वाग्रही सोचबाट सिंगो पार्टी अघि बढ्न नसक्ने देखेर आफूले पार्टी परित्याग गरेको विज्ञप्तिमा उल्लेख गरेकी छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0