राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले यसअघि पटक–पटक अवसर पाइसकेका नेताहरुलाई समानुपातिक उम्मेदवार नबनाउने भएको छ ।
बुधबार पार्टी कार्यालयमा बसेको संसदीय बोर्डको बैठकमा यस विषयमा छलफल भएको हो । छलफल सकारात्मक भएकाले सोहीअनुसार निर्णय हुने बताइएको छ ।
राप्रपाले स्थानीय तहमा आएको मतपरिणामको ग्राफ हेरेर सोही क्षेत्रलाई प्राथमिकता दिएर समानुपातिक उम्मेदवार चयन गर्ने भएको छ ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले मंगलबार बोर्ड गठन गरेका थिए । बोर्डमा राप्रपाका पूर्वअध्यक्षहरु लोकेन्द्रबहादुर चन्द, पशुपतिशमशेर जबरा र प्रकाशचन्द्र लोहनीलाई पदेन सदस्य राखिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0