नेकपा एकीकृत समाजवादीले आसन्न निर्वाचनका लागि समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची भोलि (सोमबार) टुंग्याउने भएको छ ।
सोमबार बस्ने सचिवालय बैठकले बन्दसूची टुंगो लगाउने उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए ।
उनका अनुसार प्रदेशबाट आएको नाम अहिले मिलाउने काम भइरहेको छ । एकीकृत समाजवादीले वरिष्ठ, यसअघि समानुपातिक सांसद नभएका लगायतलाई समानुपातिक सूचीमा प्राथमिकता दिने बताइएको छ ।
निर्वाचन आयोगले समानुपातिक सूची बुझाउने समय ३ असोजसम्मलाई दिएको छ । संविधानअनुसार प्रत्येक दलले क्लस्टर मिलाएर ११० जनाको नाम पठाउनुपर्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0