काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले साफ च्याम्पियनसिप फाइनल खेल्ने नेपाली महिला फुटबल टोलीलाई शुभकामना दिएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत टोलीलाई शुभकामना दिएका हुन् । ‘हामी ऐतिहासिक जितभन्दा एक कदम मात्र पछाडि छौं । आजको जितले हाम्रो महिला फुटबलले नया अध्याय सुरु गर्नेछ भन्ने विश्वास छ । जितको लागि सम्पूर्ण टिमलाई शुभकामना, जय नेपाल,’ बालेनले फेसबुकमा लेखेका छन् ।
छैटौं संस्करणको महिला साफ च्याम्पियनसिपको उपाधिका लागि घरेलु टोली नेपालले आज बंगलादेशको सामना गर्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजेबाट सुरु हुनेछ ।
फाइनल जित्ने टोली साफको नयाँ विजेता बन्नेछ । यसअघिका पाँचौं संस्करणमा भारत विजेता बनेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0