नयाँ संविधान जारी भएको ७ वर्ष पूरा भएको अवसरमा बागमती प्रदेश सरकारले आज मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा कार्यक्रम सम्पन्न गरेको छ । बागमती प्रदेश सरकारले हेटौंडाको भुटनदेवी माध्यमिक विद्यालयबाट मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयसम्म र्याली आयोजना गरी मुख्यमन्त्रीको कार्यालय परिसरमा विशेष कार्यक्रम गरेको हो।
कार्यक्रममा मन्त्रालयका सीमित मन्त्रीहरू, मकवानपुरबाट प्रदेश सभामा प्रतिनिधित्व गरेका सीमित सांसदहरू, केही सचिव र शाखा अधिकृत कर्मचारीहरू तथा सुरक्षाकर्मीहरू सहभागी थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0