रुसमा विद्यालयमा भएको गोलीकान्डमा कम्तीमा १५ जनाको मृत्यु भएको छ । मध्य रसियाको आफ्नो पुरानो विद्यालयमा सोमबार एक व्यक्तिले गोली चलाएको अधिकारीहरूले बताएका छन् ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आंशिक परिचालनको विरोधमा देशभर प्रदर्शन भइरहेका बेला विद्यालयमा नरसंहार भएको हो । पुटिनले इजेभस्क सहरमा भएको ‘अमानवीय आतंकवादी हमला’ भत्र्सना गरेका छन् ।
गोली हान्ने व्यक्ति नव फासीवादी समूहसँग आवद्ध रहेको बताइएको छ । रुसी सञ्चारमाध्यमका अनुसार आक्रमणकारीले नाजीको प्रतीकसहितको कालो टप लगाएका थियो ।
सन् १९८८ मा जन्मिएका आक्रमणकारीले सोही विद्यालयबाट स्नातक गरेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0