लमजुङको दोर्दी खोलामा जलविद्युत् आयोजना निर्माणको क्रमसँगै यस क्षेत्रका अधिकांश युवाले रोजगारी पाएका छन । सीप भएका र सीप नभएका दुवैथरीका युवाहरू यी आयोजनामा रोजगार छन् ।
आफ्नै दैलोमा रोजगारी पाउने भएपछि खाडीलगायतका धेरै मुलुकमा गएका युवाहरू गाउँ फर्किएका छन् । सुपरदोर्दी ‘ख’ ले निर्माण गरेको ५४ मेगावाट क्षमताको आयोजनाले प्रभावित क्षेत्रका ६० जनाभन्दा बढीलाई रोजगारी दिएको छ ।
२५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाले प्रभावित क्षेत्रका ५० जना स्थानीयलाई रोजगारी दिएको छ । यस्तै, २७ मेगावाटको दोर्दी खोला जलविद्युत् आयोजनाले सय जनालाई रोजगारी दिएको दोर्दी खोला जलविद्युत् आयोजनाका कार्यकारी निर्देशक गुरुप्रसाद ढकाल बताउँछन् ।
दोर्दी खोलामा निर्माणको अन्तिम चरणमा रहेको १२.५ मेगावाटको दोर्दी-१ जलविद्युत् आयोजनाले पनि सयौँ स्थानीयलाई रोजगारी दिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0