गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले शुक्रबार महिला क्रिकेटको खेल तालिका सार्वजनिक गरेको हो ।
महिला क्रिकेटमा ९ टोलीको सहभागिता छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।
समूह ‘ए’ मा एपीएफ क्लब, मधेश प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम र बागमती तथा समूह ‘बी’ मा नेपाल पुलिस क्लब, कर्णाली प्रदेश, प्रदेश–१ र लुम्बिनी प्रदेश रहेका छन् ।
पोखरा क्रिकेट रंगशालामा आयोजना हुने महिला क्रिकेट २३ असोजबाट १ कात्तिकसम्म हुनेछ । प्रतियोगिताको उद्घाटन खेलमा गण्डकी र मधेश प्रदेश प्रतिस्पर्धा गर्नेछन् । सोही दिन हुने दोस्रो खेलमा सुदूरपश्चिम र बागमती प्रदेश भिड्ने छन् ।
नवौं राष्ट्रिय खेलकुद २८ असोजदेखि ३ कात्तिकसम्म आयोजना हुनेछ । पुरुष क्रिकेट भने सम्पन्न भइसकेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0