एएफसी यू–१७ एसियन कप छनोटअन्तर्गत थाइल्याण्डविरुद्ध नेपाल ३–० गोल अन्तरले पराजित भएको छ । बुधबार भियतनामको फु थो प्रोभिन्सियल स्टेडियममा सम्पन्न खेलमा नेपालले केही मौका पाए पनि त्यसलाई गोलमा परिणत भने गर्न सकेन ।
पहिलो हाफमा थाइल्याण्डलाई १–० मा रोकेको नेपालले दोस्रो हाफमा दुई गोल बेहोर्न पुग्यो । थाइल्याण्डको जितमा स्ट्राइकर तोतावानले दुई र मिडफिल्डर थानाक्रितले एक गोल गरे ।
नेपालले आफ्नो दोस्रो खेल शुक्रबार घरेलु टोली भियतनामविरुद्ध खेल्ने छ । त्यस्तै, नेपालले अन्तिम खेलमा आइतबार चाइनिज ताइपेईको सामना गर्ने तालिका छ ।
छनोटमा सहभागी ४४ टोलीलाई १० समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको शीर्ष टोलीका साथै उत्कृष्ट ६ उपविजेता एसिया कप २०२३ का लागि छनोट हुनेछन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0