नेपालका बाढी प्रभावित समुदायलाई संयुक्त राष्ट्रसंघको ४० करोड सहयोग

संयुक्त राष्ट्रसंघको केन्द्रिय आकस्मिक प्रतिकार्य कोष (सिइआरएफ)ले नेपालका बाढी प्रभावित समुदायलाई ४० करोड ३२ लाख अमेरिकी डलर (करिब ४० करोड रुपैयाँ) प्रदान गरेको छ । 

सिइआरएफले उक्त सहयोग अक्टोबर ७ का दिन नेपाललाई दिएको नेपालस्थित संयुक्त राष्ट्रसंघको कार्यालयले आज एक विज्ञप्ति जारी गरी जनाएको छ । 

‘कोषबाट प्राप्त उक्त रकमले राष्ट्रसंघीय निकायहरू – विश्व खाद्य कार्यक्रम (डब्लुएफपी), संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपिए) र लैंगिक समानता र महिलाको सशक्तीकरणसम्बन्धी संयुक्त राष्ट्रसंघीय निकाय (युएन वुमन) लाई पूर्वचेतावनी सन्देश प्रवाह गर्न, नगद र बृहत् राहत सामग्री (खाद्य तथा गैरखाद्य सामग्री, कम इन्धन खपत गर्ने खाना पकाउने उपकरणहरु, सोलर रेडियो, लत्ताकपडा, र कानुनी तथा मनोसामाजिक परामर्श जस्ता सेवा) उपलब्ध गराउन मद्दत पुर्याएको छ,’ विज्ञप्तिमा भनिएको छ । 

यसका अतिरिक्त सरसफाइ, मर्यादित तथा स्वास्थ्य सामग्री वितरण पनि गरिएको राष्ट्रसंघको कार्यालयले जनाएको छ । 



महिला र सीमान्तीकृत समूहहरुमा विपद्ले पुर्याएको खास प्रकारको असरलाई पहिचान गर्दै उक्त वितरणले प्रतिकार्यका सबै चरणहरुमा उनीहरुका आवश्यकतालाई सम्वोधन गर्न कोसिस गरेको बताइएको छ । 



  • प्रकाशित मिति : असोज २७, २०७९ बिहीबार १७:४०:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया